‘मिस्टर भर्जिन’ परिवारसँगै बसेर हेर्न मिल्छः मरिस्का - ReadNagarik

Breaking

Post Top Ad

test banner

Post Top Ad

Responsive Ads Here

‘मिस्टर भर्जिन’ परिवारसँगै बसेर हेर्न मिल्छः मरिस्का

पोखरा । नायिका मरिस्का पोखरेलले नेपाली चलचित्र मिस्टर भर्जिन परिवारसँग बसेर हेर्न मिल्ने बताएकी छन् ।

भदौ १ गतेदेखि देशभरका हलहरुमा प्रदर्शनमा आउन लागेको चलचित्र मिस्टर भर्जिनको प्रवर्द्धन गर्न पोखरा आएको मिस्टर भर्जिन टोलीले गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भनिन्, ‘बुबाछोरी, आमाछोरा, दिदीभाइ वा दाजुबहिनी मात्र हैन, फरक सोच राख्ने तेस्रोलिंगीहरुले पनि सँगै बसेर मिस्टर भर्जिन हेर्न मिल्छ ।’

यौन मनोविज्ञानमा आधारित चलचित्र भए पनि समाजमा पाच्य हुने गरी चलचित्र बनेको उनको भनाई छ । उनले यो चलचित्रले सेक्स कमेडी चलचित्र बनाउन चाहनेलाई पनि प्रेरणा दिने दाबी गरिन् ।

मरिस्काले यस चलचित्रमा आफू सेक्स वर्कर भएर खेलेको भन्दै यसका लागि आफूले ठमेलमा गएर सेक्स वर्कर, कल गर्ल, बार डान्सरहरुसँग संगत गर्नुका साथै उनीहरुको आनीबानी, बोलीचालीसमेत नजिकबाट बुझेर जस्ताकोतस्तै उतार्ने प्रयास गरेको बताइन् ।

कथाको सारसंक्षेपबाट नाम मिस्टर भर्जिन राख्दैमा तर्सिनुनपर्ने बताउँदै उनले भनिन्, ‘चलचित्रबाट आउने जस्तोसुकै प्रतिक्रियाप्रति म तयार छु ।’ तर उनले चलचित्र नहेरी सुनेको भरमा टिप्पणी गर्नुभन्दा एकपटक चलचित्र हेरेर मात्र प्रतिक्रिया जनाउन आग्रह गरिन् ।

चलचित्रका नायक गौरव पहारीले मिस्टर भर्जिनको स्टोरी र कन्सेप्ट दुवै भर्जिन भएको र यो नेपालकै पहिलो सेक्स कमेडी चलचित्र भएको दाबी गरे । चलचित्र बनेपछि आफूले स्त्रिmनमा हेर्दा आफैले गरेको अभिनय फरक र नयाँ लाग्नुका साथै आफैलाई मज्जा लागेर हाँसेको भन्दै भने, ‘फिल्मको नाम भन्दैमा नाक खुम्च्याउनुपर्ने छैन, लाजै लाग्नुपर्ने छैन, यो त हाम्रो सोचमा भर पर्ने कुरा हो ।’

मिस्टर भर्जिनमा भएका कुरा समाजमा घटिरहेकै विषयहरु भएको बताउँदै यसले दर्शकको मन मुटुमा राम्रो छाप पार्ने बताउँदै भने, ‘२ घण्टा लामो यो चलचित्र हेरेपछि हरेक दर्शकले विगत सम्झन्छ र बाहिर निस्कँदा चलचित्रको सम्बाद भन्दै निस्कन्छ ।’

अर्का अभिनेता कमलमणि नेपालले यस चलचित्रले सेक्सप्रति साँघुरो सोच राख्नेहरुलाई फराकिलो सोच बनाउन बाध्य पार्ने बताए । उनले भने, ‘हामी लुकीलुकी नीलो चलचित्र हेर्छौं, अश्लील पत्रिका र पुस्तक पढ्छौं, अश्लिल कुराहरु गर्छौं, तर खुलेर कुरा गर्न हिच्किचाउँछौं, तर यस चलचित्रले यौन शिक्षा त्यो पनि मनोरञ्जनात्मक तरिकाले दिन्छ ।’ उनले डबल अर्थ लाग्ने शव्दको प्रयोग शालिन तरिकाले प्रस्तुत गरिएकाले समाजमा पाच्य हुने उनले तर्क गरे ।

चलचित्रका निर्माता प्रजापति शिवाकोटीले मिस्टर भर्जिन तीन उमेर समूहका युवाहरुको फरकरफरक यौन चाहना र त्यसको लागि गरेको संघर्षमा आधारित रहेको प्रष्ट्याए । यो चलचित्र परिवारसँग बसेर हेर्न मिल्नुका साथै स्वस्थ मनोरञ्जनको चलचित्र भएको उनको भनाई छ । १ करोड २५ लाखमा निर्माण गरिएको मिस्टर भर्जिनले लगानी सजिलै उठाउने उनले विश्वास व्यक्त गरे ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here