मनोरञ्जनज्योति मगरमाथि गीत गाउन लाग्यो प्रतिबन्ध - ReadNagarik

Breaking

Post Top Ad

test banner

Post Top Ad

Responsive Ads Here

मनोरञ्जनज्योति मगरमाथि गीत गाउन लाग्यो प्रतिबन्ध

बेलबारी, २० चैत । गायिका तथा कलाकार ज्योति मगरमाथि गीत गाउन प्रतिबन्ध लगाइने भएको छ । सुनसरीको इटहरीको तालतलैयामा वैशाखको पहिलो साता हुन लागेको महोत्सवमा उनलाई प्रतिबन्ध लगाइएको हो ।

ज्योतिको उत्तेजक प्रस्तुतिले महिला हिंसाको घटनालाई प्रोत्साहन गर्ने भएकाले उनीमाथी प्रतिबन्ध लगाएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताए ।


सुनसरी सदरमुकाम इनरुवामा आयोजित हिंसा न्यूनीकरण विषयक कार्यक्रममा बोल्दै उपप्रमुख गौतमले उच्छृङखल प्रस्तुतिले समाजमा विकृति निम्त्याउनुका साथै हिंसालाई प्रश्रय दिने भन्दै त्यस्तो कार्यका लागि इटहरी उपमहानगरपालिकाले कुनै पनि हालतमा इजाजत नदिने बताए ।

कार्यक्रममा उनले भनिन्, ‘नाङ्गो नाच्ने कामले महिला हिंसाका घटना बढिरहेका छन् । कलाकारको नाममा समाजलाई उत्तेजित पार्ने छुट कसैलाई छैन ।’ उनले अन्य महोत्सव समेत इजाजत नदिन प्रजिअ गोपालप्रसाद पराजुली समेत गरिन् ।
ज्योतिले उत्तेजक प्रस्तुति नदिई पूरै शरीर ढाक्ने कपडा लगाएर कार्यक्रममा प्रस्तुत हुने भए चाहिँ नरोक्ने गौतमले बताइन् ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here