जुनी राईले जितिन् स्वर्ण, नेपालको स्वर्ण संख्या ३६ पुग्यो - ReadNagarik

Breaking

Post Top Ad

test banner

Post Top Ad

Responsive Ads Here

जुनी राईले जितिन् स्वर्ण, नेपालको स्वर्ण संख्या ३६ पुग्यो

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत उसुको महिला स्पर्धामा नेपालकी जुनी राईले स्वर्ण पदक प्राप्त गरेकी छन् । उनले उसुको सान्सौंतर्फ ५६ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् । ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा आज भएको फाइनल खेलमा जुनीले श्रीलङ्काकी मधुमलीलाई २–० अङ्कले हराएकी हुन् । जुनियले पहिलो चरणमा भारतीय खेलाडी विद्यावति चानुलाई २–० ले हराएकी थिइन् । श्रीलंकाकी खेलाडीले बंगलादेशकी साकी अख्तरलाई हराएर फाइनल भेट पक्का गरेका थिए । यो सँगै उसुमा नेपालको स्वर्ण पदक संख्या ५ पुगेको छ । यसअघि विजय सिन्जाली, सुष्मिता तामान, दीपक हमाल र निमा घर्तीमगरले थाउलोमा स्वर्ण पदक जितेका थिए । नेपालका लागि १३ औं सागमा स्वर्ण पदकसंख्या ३६ पुगेको छ ।

नेपालले अहिलेसम्म प्राप्त पदक स्वर्ण पदक
 १.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
 २.कराते (टिम काता पुरुष )– मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
 ३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
 ४.कराते (५५ केजी) – लक्ष्मण तामाङ.
५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी)– कुसुम खड्का
७.कराते (५० केजी मूनि) अनु अधिकारी
८.कराते (६७ केजी) नवीन रसाइली
९.कराते (६८ केजी)– सुनिता महर्जन
१०. कराते (६८ केजी)– अनुपमा मगर
११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष )– पार्वती गुरुङ 
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )– आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७.पुम्से महिला टिम (२३–२९ वर्ष)– निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा
२०.ट्रायथलन – सोनी गुरुङ
२१.डुवाथोलन – हिमाल टमाटा
२२. उसु (थाउलो) – विजय सिन्जाली
२३. उसु (थाउलो) – सुस्मिता तामाङ
२४. उसु (थाउलो)– दीपक हमाल
२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ
२६. साइक्लिङ (डाउनहिल)– राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ
२८ तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल
२९. तेक्वान्दो (८७ केजी) – सक्षम कार्की
३०. उसु (थाउलो)नान्दौ– निमा घर्तीमगर
३१. साइक्लिङ (क्रस कन्ट्रीं) – लक्ष्मी श्रेष्ठ
३२. साइक्लिङ (क्रस कन्ट्री)–बुद्धिबहादुर तामाङ
३३. पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरिका सिंह
३४. तेक्वान्दो (८७ केजी) – भुपेन श्रेष्ठ
३५. भारोत्तोलन (५९ केजी) – सन्जु चौधरी
३६.उसु (५६ केजी) – जुनी राई

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here