काठमाडौं : सोफिया नागरिकता पाउने विश्वकी पहिलो रोबोट हुन्। गएको अक्टोबर २५ मा साउदी अरेबिया सरकारले उनलाई आफ्नो देशको नागरिकता दिएको थियो।
हंगकंगको हान्सन रोबोटिक्स कम्पनीले बनाएको रोबोट सोफियाले ‘गएको नोभेम्बरमा सोफियाले बच्चा पाउन चाहेको बताउँदै परिवार हुनु महत्त्वपूर्ण कुराु भएको उल्लेख गरेकी थिइन्।
संयुक्त अरब एमिरेट्सको खालिज टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले आफूले पाउने छोरीको आफ्नै नाम दिने बताएकी थिइन्।
साउदी अरेबियाको नागरिकता पाए पनि त्यहाँका महिलाले लगाउनैपर्ने अबाया र टाउको छोप्ने स्कार्फ प्रयोग गर्दिनन्।
नागरिकता पाएपछि त्यतिबेला उनले नागरिकता पाउने विश्वकै पहिलो रोबोट हुन पाउनु ऐतिहासिक भएकाले आफु निकै खुसी र गौरवान्वित भएको बताएकी थिइन् ।
सोफिया उत्तर समेटेर पहिल्यै तयार पारिएको कार्यक्रमबाट चल्दिनन्, बरू मान्छेको अभिव्यक्ति बुझ्न उनले यन्त्रको प्रयोग गर्छिन्।
वाइफाइसँग जोडिएपछि उनको मस्तिष्कले काम गर्छ र त्यसमा शब्दावलीको लामो सूची छ।
सोफियामा केही असाधारण क्षमता भए पनि उनमा चेत चाहिँ अझै छैन।


No comments:
Post a Comment