सांसदको रोहबरमा छुटेकी ठगी मुद्दाका अभियुक्त बेपत्ता - ReadNagarik

Breaking

Post Top Ad

test banner

Post Top Ad

Responsive Ads Here

सांसदको रोहबरमा छुटेकी ठगी मुद्दाका अभियुक्त बेपत्ता

काठमाडौं । ठगीको मुद्दामा पक्राउ परेर सांसदको रोहबरमा छुटेकी एक जना अभियुक्त वेपत्ता भएकी छन् ।

माओवादी सांसद हितबहादुर तामाङले ठगी मुद्दामा पक्राउ परेका मेनका पण्डितलाई आफ्नो रोहबरमा छुटाएका थिए । ४५ दिनको बच्चा रहेको भनेपछि प्रहरीले बुधबार विहान ७ बजे हाजिर गराउने शर्तमा मेनकालाई छाडेका थिए ।


तर, अहिलेसम्म मेनका आएकी छैनन् भने सांसद तामाङले पनि कुनै खबर गरेका छैनन् ।

दुबैको फोन अफ छ ।

नुवाकोटकी मेनाका ठगीको अभियोगमा पक्राउ परेका थिइन् । मेनका र सञ्जय पौडेलले गोलढुंगा ४ मा ३२ आना जग्गाका लागि कीर्तिपुर ९ की अम्बिका रानासँग ५५ लाख लिएका थिए । तर, जग्गा उनीहरुको नभएको र आफू ठगिएको थाहा पाएपछि रानाले महानगरीय प्रहरी परिसर,काठमाडौंमा उजुरी दिएकी थिइन् ।

मेनका र सञ्जय मंगलबार साँझ पक्राउ परेका थिए । तर, सांसद तामाङले ४५ दिनको बच्चा रहेको भन्दै विहान उपस्थित गराउने गरी मेनकालाई छुटाएका थिए ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here