काठमाडौ । किशन रेग्मी र श्रुति योगीले आवाज दिएको प्रलाद रिजालको गीत कान्छी हे कान्छीुको सुटिङ सकिएको छ । सिल्पा पोख्रेल र पृथ्वीराज प्रसाईले फिचरिङ गरेको म्युजिक भिडियोलाई उत्सव दहालले खिचेका हुन् ।
सुरेन्द्र बस्याल कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोलाई प्रकास धितालले निर्देशन गरेका छन्। अमेरिकामा बसोबास गर्दै आएका रेग्मीले अमेरिकाको टेक्सास मै हेमन्त श्रेष्ठद्वारा सञ्चालित रेकर्डिङ्ग स्टुडियोमा गीत रेकर्ड गरेका हुन् भने योगीले नेपालमै रेकर्ड गरेको म्युजिक भिडियोका निर्माता उद्धव सिलवालले बताए। सिलवालले भने ुकिसनको यो पहिलो गीत भएपनि उहाँले सय प्रतिशत नै दिनुभएको छ ।ु यस डोयट गीतलाई शिशिर योगीकी छोरी श्रृतिको आवाजले पनि न्याय दिएको छ।
धेरै दिनको अभ्यासपछि ललितपुरको गोदावरीमा सुटिङ गरिएको गीत ञसबैले रूचाउनेु निर्माण पक्षको विश्वास छ । यति बेलाका अत्यन्तै व्यस्त निशान घिमिरेले सम्पादक गर्ने भनिएको गीतको भिडियो बैशाख ७ गते बजारमा आउने बताईएको छ। गीतको भिडियो यू एस मिडिया नेटवर्कबाट रिलिजमा गरिनेछ।
Post Top Ad
Responsive Ads Here
Post Top Ad
Responsive Ads Here


No comments:
Post a Comment