‘बराबरी संख्या भन्नु पार्टी एकता नगर्ने अडान हो’ समान संख्यामा एकीकरण हुँदैन, यो एमालेको आधिकारिक धारणा होु - ReadNagarik

Breaking

Post Top Ad

test banner

Post Top Ad

Responsive Ads Here

‘बराबरी संख्या भन्नु पार्टी एकता नगर्ने अडान हो’ समान संख्यामा एकीकरण हुँदैन, यो एमालेको आधिकारिक धारणा होु

काठमाडौं । बेदुराम भुसाल एमाले पंक्तिभित्र लो प्रोफाइलमा बस्न रुचाउने नेता हुन् भने एमाले बाहिर ठूलो पंक्तिमा अपरिचित जस्तै लाग्ने पात्र हुन् । राष्ट्रिय राजनीतिमा भन्दा पार्टीभित्र सैद्धान्तिक र सांगठानिक काममा खटिने नेता भएका कारण पनि उनी चर्चामा कम रहन्छन् ।


पछिल्लो समय एमाले माओवादी एकीकरणका सन्दर्भमा गठित बिधान मस्यौदा र संगठन एकीकरण कार्यदलको सदस्य बनेपछि उनी मिडियाको नजरमा परे । कार्यदलभित्र पनि वर्षमान पुन र उनले अन्तरिम विधानको मस्यौदा लेख्ने जिम्मा पाएका थिए । जुन मस्यौदाका केही विषयमा सहमति हुन नसकेर पार्टी एकता संयोजन समितिमा पठाइएको छ ।



एमाले पोलिटव्यूरो सदस्य समेत रहेका भुसालसँग हामीले बिधानको प्रस्तावनामा जनयुद्ध राख्न एमालेले किन नमानेको रु चुनाव चिन्ह सूर्यमै किन अडिएको रु भनेर सोध्यौं ।

उनले प्रष्ट भनेका छन्( ‘जनयुद्ध’ शब्द नेपाली राजनीति र नेपाली समाजमा सबैभन्दा विवादित शब्द हो, यसलाई एमालेले शिरमा बोकेर भविश्यको बाटो हिँड्न सक्दैन ।

अर्कोतिर माओवादी पक्षले ५०र५० को अनुपातमा मात्र एकीकरण हुने बटमलाइन अघि सारेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यसबीचमा दुईपटक भेटेर पार्टीको लाइन बुझेका भुसालले अनलाइनखबसँग भने, ‘समान संख्यामा एकीकरण हुँदैन, माओवादीको अहिलेको अडानले पार्टी एकता हुँदैन । यो मेरो होइन, एमालेको आधिकारिक धारणा हो ।’

एमाले नेता बेदुराम भुसालसँग अनलाइनखबरकर्मी मात्रिका पौडेलले गरेको कुराकानीः

कार्यदलमा जनयुद्ध, चुनाव चिन्ह र पार्टी एकताको अनुपातमा नमिलेको देखियो, तपाईहरुले नसकेर छाडेको हो कि, आफ्नो थाप्लोमा लिन नचाहेको रु

त्यो विषय हामीले छलफल गरेनौं, हामीलाई किटानीका साथ छलफल गर्ने भनिएको पनि थिएन । बाँकी दुईटा विषयमा छलफल गर्दा मतैक्यता नभएका विषय हुन् । प्रस्तावमा जनयुद्ध लेख्ने कि नलेख्ने र चुनाव चिन्ह के राख्ने भन्नेमा कुरा नमिलेकै हो ।

कम्युनिस्टहरु शब्दका कारण फुट्ने गरेका छन्, शब्दमा कुरा नमिलेको तपाईहरुको विवाद प्राविधिक मात्र हो कि, त्यसभित्र अन्तर्य पनि गम्भिर छ रु

प्राविधिक मात्र भन्न पनि सकिन्न । कुन शब्द प्रयोग गर्ने भन्ने त्यसको अर्थसँग जोडिएको हुन्छ ।

कार्यदलमा आइसकेपछि केही माओवादी साथीहरुले हैन जनयुद्ध नै शब्द राख्नुपर्छ भन्नु भएपछि कुरा मिलेन

कुन बेलामा के शब्द प्रयोग गर्ने भन्ने हुन्छ । इतिहासको सन्दर्भमा जनयुद्ध शब्द प्रयोग गर्न आपत्तिको विषय होइन । अहिले हामीले बनाउँदै गरेको बिधान भनेको वर्तमानको दस्तावेज हो । विधानको प्रस्तावना भनेको वर्तमानमा हामी के गर्दैछौं भन्ने कुरा हो । त्यसले गर्दा यो शब्द अहिलेको सन्दर्भमा उपयुक्त हो कि होइन भन्ने कुरामा हामी बहसमा छौं ।

‘जनयुद्ध’ भन्ने शब्दको विकल्पमा ‘सशस्त्र विद्रोह’, ‘जनक्रान्ति’ जस्ता शब्दमा पनि छलफल भएन रु

जनक्रान्ति भन्ने शब्द नै प्रयोग गरिएको छ त्यहाँ । त्यहाँ के छ भने(यो पार्टी आफनो स्थापना कालदेखि नै संघर्षका शान्तिपूर्ण र सशस्त्र दुवै रुप अबलम्बन गर्दै  राष्ट्रियता लोकतन्त्र जनजिविकाका निम्ति विभिन्न प्रकारका जनआन्दोलन र जनक्रान्तिमा निणरयक भूमिका खेलेको पार्टी हो भनिएको छ ।

यो भनेको सिंगो पार्टीको सन्दर्भमा हो । जुन पार्टी हामी बनाउदैछौं त्यसलाई  भनेको हो । २००६ साल वैशाख १० मा स्थापना भयो, २०१७ सालपछि विभाजन भयो । विभिन्न खालका समूहहरु बने । अहिले चाहिँ दुई समूहका बीचमा एकता गरेर हामी नयाँ पार्टी बनाउँदैछौं । यो पार्टीले विगतदेखि नै यो भूमिका खेलेको छ भन्ने सन्दर्भमा माओवादी साथीहरुले जनयुद्ध शब्द राखौं भन्नुभएको हो ।

जनक्रान्ति शब्दमा कसको विमति रहृयो रु

कार्यदलले वर्षमान पुनजी र मलाई विधान मस्यौदा गर्ने जिम्मा दिइएको थियो । हामीबीच  भएको छलफलमा जनक्रान्ति भन्ने शब्दमा सहमत भएका थियौं । तर कार्यदलमा आइसकेपछि केही माओवादी साथीहरुले हैन ‘जनयुद्ध’ नै शब्द राख्नुपर्छ भन्नु भएपछि कुरा मिलेन ।



जनयुद्ध शब्द राख्दा तपाईहरुलाई चाहिँ के आपत्ति रु

यो शब्द नेपालको राजनीतिमा विवादित शब्द हो । नेपाली राजनीतिको सबैभन्दा विवादित शब्द नै यो हो भन्न सकिन्छ । नेपाली समाजमा पनि विवादित शब्द हो जनयुद्ध । यहि विवादित शब्दकै कारण ३०० भन्दा बढी एमाले कार्यकर्ता मारिएका छन्, नेपाली जनता मारिएका छन् । त्यसलाई हामीले समिक्षा पनि गरेका छैनौं । त्यसै शिरमा बोकेर हिँड्न त गाह्रो हुन्छ नि ।

सूर्य चिन्हप्रति चाहिँ किन यस्तो विवाद रु

सूर्य चिन्ह एउटामात्रै पार्टीको हुने भयो, यसभित्र हँसिया हथौडा पनि राखौं भन्ने कुरा माओवादी पक्षबाट आयो । तर, चुनाव चिन्ह भनेको चाहिँ सरल र सहज हुनुपर्छ भन्ने हाम्रो कुरा हो । चुनाव चिन्ह भनेको बनाउन पनि सजिलो होस्, बताउन पनि सजिलो होस् । बनाउन पनि सजिलो छ, गोला पार्‍यो, रेखा तानेपछि जसले पनि बनाउन सक्छ । सरल र परिचित चिन्ह बोक्नु राम्रो हुन्छ ।

यो त २०४३ सालदेखि नेपाली जनताले चिनेको चुनाव चिन्ह हो । २०४३ मा मालेले जनपक्षीय उम्मेदवार उठाउँदा पद्मरत्न तुलाधरले सूर्य चिन्हबाट  जित्नुभयो । पछि एमालेले २०४८ को चुनावमा यहि चिन्ह लिएको हो ।

त्योबेला हामीबीच २०१५ सालको पार्टीको चुनाव चिन्ह लिने हो कि भन्ने पनि छलफल भएको थियो । त्योबेला नेपाल कम्युनिस्ट पार्टीको चुनाव चिन्ह मकैको घोगा थियो । तर, चुनाव चिन्ह जनताले बुझ्ने खालको र सजिलो हुनुपर्छ भनेर यो लिएको हो । त्यो बेला हँसिया हथौडा चुनाव चिन्ह लिने कि भन्ने पनि कुरा भएको थियो ।

सूर्य चिन्ह हुँदै हुँदैन भन्नेमा सबै माओवादी साथीहरु हुनुहुन्न । बहस र छलफल गर्दा यसमा सहमति हुन्छ जस्तो लाग्छ ।

अनि पार्टी एकता गर्दा समानतामा आधारित अर्थात समान संख्यामा हुनुपर्छ भन्ने कुरा माओवादीबाट आएको हो रु

कार्यदलमा यसको छलफल भएन । मैले यसबारे छलफल गरौं भन्दा यहाँ नगरौं भन्ने कुरा आयो । कत्रा कमिटी बनाउने भन्ने सन्दर्भमा छलफल गर्दा २९९ भनेका छौं । राष्ट्रिय परिषदमा धेरै साथीहरुलाई समेट्ने गरी १२र१३ सय जना रहन्छन् । प्रदेश कमिटी पनि १५१ बाट शुरु गर्ने भनेका छौं । त्यहाँ पनि प्रदेश परिषदको व्यवस्था गरिएको छ । यो चाहिँ धेरै नेताहरु जिल्ला तहबाट माथिल्लो तहमा आएका नेताहरुलाई ब्यवस्थापन गर्ने भनेर राखेका हौं ।

यसमा कुन पार्टीबाट कति राख्ने भन्ने कुरामा पार्टी एकता संयोजन समितिमा छलफल होला । तर, अहिले बाहिर समानतामा आधारित एकता भनिएको छ । एकीकरण गर्दा संख्यामामात्र समानता हो रु हामीले खोजेको बिचार, दृष्टिकोण र समानता हो ।

हामीले ६०र४० गर्दा जनताले त्यो पोजिसन त दिएन । जनताले दिएको मतको आधारमा एकता गरौं । दुई(चार अंक तलमाथि हुनसक्छ तर, आधार चाहिँ जनमतलाई बनाउनुपर्छ

समानता भएरै एकीकरण भयो नि रु

त्यहि हो समानता भनेको  ।

अहिले संख्यामा नमिलेर पार्टी एकतामा अवरोध आउनु त हात्ती छिर्‍यो, पुच्छर अड्क्यो जस्तो भएन र रु

उहाँहरुले अहिले बाहिर समानता र सम्माजनक भन्नुभएको छ । म पनि त्यहि भन्छु । बिचारमा समानता, दृष्टिकोण, दर्शन र सिद्धान्तमा समानता गरौं । बिचारमा समानता भएपछि पार्टी एकता हुने हो ।

सम्मानजनक गरौं भन्ने कुरामा पनि मेरो सहमति छ ।  सबैभन्दा ठूलो कुरा जनतालाई सम्मान गरौं । पार्टी एकता भनेको केही नेतालाई सम्मान गर्नका लागि मात्र होइन । जनताको सेवा गर्न एकीकरण गर्न जाँदैछौं । जनतालाई सम्मान गर्ने भनेको भर्खरै जनताले दिएको मतलाई सम्मान गर्ने भनेको हो । जनमतलाई सम्मान गरेरमात्र एकता गरियो भने दिगो हुन्छ ।

तपाईको मतलब चुनावमा आएको परिणामका आधारमा एकता गर्ने रु

जनमतको सम्मान भनेको त्यहि हो । हामीले माथि मात्र गरेर त हुँदो रहेनछ नि । उम्मेदवारी त हामीले ६०र४० को अनुपातमा गरेको हो । तर, परिणाम ७०र३० मा आयो । यो त जनताले दिएको पोजिसन हो । हामीले ६०र४० गर्दा जनताले त्यो पोजिसन त दिएन । जनताले दिएको मतको आधारमा एकता गरौं । दुई(चार अंक तलमाथि हुनसक्छ तर, आधार चाहिँ जनमतलाई बनाउनुपर्छ ।

तर, माओवादीले २०४७ मा तत्कालीन माले र मार्क्सवादी मिलेर एमाले बन्दाको जस्तो आधा आधा भनेको छ, त्यसमा तपाईहरुको आपत्ति हो रु

उहाँहरुले हामीसँग भन्नुभएको छैन तर, बाहिर प्रचार गर्नुभएको छ । २०४७ को माले मार्क्सवादी एकीकरण पनि समानतामा आधारित थिएन । इतिहास बंग्याउने प्रयास भइरहेको छ । त्यो एकतामा कार्यकारीयणी कमिटी राष्ट्रिय परिषद थियो । त्यो ७० सदस्यीय थियो र त्यसमा मालेका ४२ र मार्क्सवादीका २८ जना थिए । त्यो बेलाको केन्द्रीय कमिटी र पोलिटव्यूरोमा समान संख्या किन राखिएको थियो भने मार्क्सवादीका धेरै सिनियर नेता समेट्नका निम्ति गरिएको थियो । तर, कार्यकारिणी कमिटी राष्ट्रिय परिषद थियो । त्यहि नै महाधिवेशन आयोजक समिति बनेको थियो ।

सिंगो एमालेको बुझाइ हो कि संख्यामा बराबरीमा जान सकिँदैन । साँच्चै नै त्यो खालको अडान हो भने यो एकता नहुने खालको अडान हो

अर्को कुरा हामीले पार्टी एकीकरण गर्दा चुनाव भएको थिएन । चुनावमा नगएकाले जनमत कसको कति भन्ने थिएन । मनमोहन अधिकारी, साहना प्रधान, भरतमोहन अधिकारी, सिद्धिलाल सिंह, बलराम उपाध्याय जस्ता नेताहरुको सम्मान गर्नुपर्ने भएकाले गरिएको थियो । तर, देशब्यापी रुपमा मालेको संगठन ठूलो थियो । जिल्ला कमिटीहरु गठन हुँदा देशभरीमा १० वटा जिल्लाको नेतृत्व पनि माक्सर्ंवादीतर्फ गएको थिएन । किनभने संख्या कम थियो, नेता धेरै थिए उहाँहरुसँग ।

त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थिति फरक छ । अस्ति भर्खर माओवादी र नेकपा संयुक्तबीच एकीकरण भयो, किन समानतामा आधारित भएन रु बादलजीहरु वैद्यबाट आएपछि पनि समानतामा आधारित भएन । त्यो त असंगत कुरा हो ।

अब यो समानतामा आधारित एकताको निष्कर्ष चाहिँ कसरी आउला त रु

समानताका आधारमा जान्छौं । तर, समान संख्यामा मात्र एकता हुन्छ भन्ने हो भने यो एकता हुँदैन । बराबरीमा त हुनै सक्दैन नि । ७० प्रतिशत त्यसै आएको हो रु नेता नभई कार्यकर्ता नभई, खट्ने मान्छे नभई त्यत्रो जनमत आएको हो रु २०६४ मा उहाँहरुको सिट बढी भए पनि जनमत उस्तैउस्तै थियो । त्यो बेला हामीबीच एकता गेको भए बराबरीमा मान्नुहुन्थ्यो उहाँहरु रु त्यसैले यसमा तलमाथि हुँदैन ।

यो एमाले अध्यक्ष केपी ओलीको पनि धारणा हो रु

अध्यक्षको धारणा त उहाँलाई नै सोध्दा राम्रो होला । तर, मैले आजसम्मको आफ्नो बुझाई भनेँ । यो सिंगो एमालेको बुझाइ हो कि संख्यामा बराबरीमा जान सकिँदैन । साँच्चै नै त्यो खालको अडान हो भने यो एकता नहुने खालको अडान हो ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here