राष्ट्रमण्डल खेलमा हरेक खेलाडीलाई ३४ वटा कण्डम,आइसक्रिम सित्तैमा ... - ReadNagarik

Breaking

Post Top Ad

test banner

Post Top Ad

Responsive Ads Here

राष्ट्रमण्डल खेलमा हरेक खेलाडीलाई ३४ वटा कण्डम,आइसक्रिम सित्तैमा ...

एजेन्सीः अष्ट्रेलियाको गोल्डकोष्टमा हुने राष्ट्रमण्डल खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । बुधबार उद्घाटन हुने खेलमा सहभागिताका लागि हजारौँ खेलाडी तथा सहयोगीहरु त्यहाँ पुगिसकेका छन् । अष्ट्रेलियाको पूर्वी तटीय क्षेत्रको यो सहरको मौसम घमाइलो हुनाका कारणले खेलाडीहरु आफैंमा प्रफुल्लित छन् । तर खेलाडीको खुसी अझै बढाउनका लागि आयोजकले अनौठो जुक्ति अपनाएका छन् ।


आयोजकले हरेक खेलाडीलाई दिनहुँ सित्तैमा आइसक्रिम प्रदान गर्ने व्यवस्था गरेका छन् । ६ हजार जना खेलाडी तथा टिमका अधिकारीहरुलाई खेलग्राममा आरामदायी सुविधा प्रदान गरिनेछ । खेलाडीहरुको सुरक्षामा विशेष ध्यान दिइएको छ र त्यस्तो सुरक्षाअन्तर्गत यौन सुरक्षालाई पनि समेटिएको छ । सोही कारण प्रतियोगिताका लागि भन्दै २ लाख २५ हजार थान कण्डम खरीद गरिएको छ । यो हिसाबले हरेक खेलाडीले ३४ वटासम्म कण्डम पर्दछन् । ११ दिनसम्म चल्ने प्रतियोगितामा खपत हुने अनुमान गरिएको कण्डमको संख्या प्रति खेलाडी प्रतिदिन तीनवटा रहेको छ ।

स्मरणरहोस्, दक्षिण कोरियामा हालै भएको शीतकालीन ओलम्पिकका बेला आयोजकले १ लाख १० हजार निःशुल्क कण्डम वितरण गरेका थिए । जुन शीतकालीन ओलम्पिकमा अहिलेसम्मकै सबैभन्दा धेरै हो । रियो ओलम्पिकमा ४ लाख ५० हजार कण्डम वितरण गरिएको थियो । त्यतिबेला जिका भाइरसको आतंक थियो ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here