भोजपुरका ११ विद्यालयमा ई–लाइब्रेरी जडान कार्य शुरु - ReadNagarik

Breaking

Post Top Ad

test banner

Post Top Ad

Responsive Ads Here

भोजपुरका ११ विद्यालयमा ई–लाइब्रेरी जडान कार्य शुरु

भोजपुर । भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढि गाउँपालिकाका ९ वटा सामुायिक विद्यालयमा, इलेक्ट्रिक पुस्ताकालयको जडान कार्य शुरु गरीएको छ ।

त्यस्तै भोजपुर नगरपालिका ४ मा रहेको सिद्धेश्वर माध्यमिक विद्यालय र ट्याम्के मैयुङ गाउँपािलका ९ लेखर्कमा रहेको सिंहदेवि माध्यमिक विद्यालयमा पनि इलेक्ट्रिक पुस्ताकालयको जडान कार्य शुरु गरीएको हो ।


ई–लाइब्रेरी जडानका लागी हतुवागढी गाउँपालिकामा रहेका नौ वटै विद्यालयका लागी गाउँपालिकाले नै ७५ हजारका दरले रकम जम्मा गरिदिने र बाकी दुई विद्यालयले भने आफै जम्मा गर्ने हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईले बताए ।

ई–लाइब्रेरी जडान भए पछि शैक्षिक गुणस्तर बढ्ने भएकाले विद्यालयमा कम्प्युटर शिक्षा, तथा ई लाइब्रेरी बाट पठनपाठन सुरु गरीने जनाइएको छ ।

आफुलाई कुन किताव आवश्यक परेको हो त्यो कितावको नाम कम्प्युटरमा टाइप गरेर पुस्तक खोजेर पढ्ने व्यवस्था विद्युतीय पुस्तकालयमा रहेको हुनाले एउटा किताबलाई धेरै जनाले पढ्नसक्ने जनाइएको छ ।

ई–लाइब्रेरी जडान भए पछि समयको व्यवस्थापनमा सजिलो, पुस्तकालय चाहर्नुपर्ने झन्झट नहुने, चौबीसै घण्टा आफूले चाहेको पुस्तक विद्युतीय माध्यमबाट पढ्न सकिने नेपाल लाइवे्ररी फाउडेशनका महासचिव तथा म्यानेजिङ डाइरेक्टर धन कुमार श्रेष्ठले बताए । नेपाल लाइवे्ररी फाउण्डेशन काठमाडौंको प्राविधिक सहयोगमा मा जडान कार्य सुरु गरीएको हो ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here