काठमाडौं: स्पेनिस ला लिगामा उपाधिको नजिक रहेको बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको क्याटरफाइनलबाटै बाहिरिएको छ। मंगलबार क्याटरफाइनको दोस्रो लेगमा इटालियन क्लब रोमासँग उसकै मैदान ३(० ले पराजित हुँदै बार्सिलोना सेमिफाइन पुग्नबाट वञ्चित भएको हो।
घरेलु मैदानमा भएको अघिल्लो लेगमा रोमालाई ४(१ ले पराजित गरी सेमिफाइलको नजिक पुगेको बार्सिलोनाले अप्रत्याशित हार व्यहोर्दा प्रतियोगिताबाट बाहिरिन पुगेको हो।
रोमाका लागि खेलको ६ मिनेटमै डिजेकोकोले गोल गरे। पेनाल्टी मार्फत ५८ औँ मिनेटमा डी रोसीलेले गोल गरे ८२ औं मिनेटमा मानोलासले गोल गरेपछि रोमा पाउर हाउस बार्सिलोनालाई जिल्याउँदै नतिजा उल्ट्याइ सेमिफाइलनमा स्थान बनाउन सफल भयो। बार्सिलोनाको गोल गर्ने सबै प्रयास असफल भयो। ४(४ को नतिजा भएपनि रोमाले बार्सिलोनामाथि पहिलो लेगमा गरेको गोलका कारण रोमा अघि बढ्न सफल भयो।
कोपा डेल रेको फाइनलमा पुगको बार्सिलोना घरेलु लिग ला लिगामा फराकिलो अन्तरले लिड गर्दै शीर्ष स्थानमा छ। च्याम्पियन्स लिगबाट बाहिरिएपछि यस सिजनमा उपाधि ह्याट्रिक गर्ने अवसरबाट बार्सिलोना बञ्चित भएको छ।
च्याम्पियन्स लिगको अर्को खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई २(१ ले हराउँदै समग्रमा ५(१ को नतिजासहित सहजै सेमिफाइनलमा स्थान बनाउन सफल भयो।

No comments:
Post a Comment